September 10th, 2020

उन्नति सहकार्य लघुवित्तद्धारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटड शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस अन्र्तगत देवदह नगरपालिका वडा नं ११ गुम्बिमा गठन भएको समूह उन्नति गुम्वि महिला समुहकी सदस्य स्व सुराति मल्लाहीनको असामहिक निधन भएकोले निज सदस्यको कर्जाको आवधिक बीमा भएकोले निजको हकवाला श्रीमान् साधूसरण मल्लाहलाई एक कार्यक्रमका विच उक्त संस्थाका शाखा प्रमूख केदारराज जोशीले समूह सदस्यहरुको रोहवरमा दूईलाख छपन्न हजार नगद हस्तान्तरण गर्नूभयो । संस्थाले हालसम्म विभिन्न क्षेत्रमा सामाजिक, आर्थिक उत्तरदायित्व वहन गर्दै आइरको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]