‘कोभिड रहँदासम्म बैंकवित्तलाई व्यबसाय गर्न कठिन छ’ – सरोजकाजी तुलाधर

लामो समयदेखि नेपालको वित्तय क्षेत्रमा स्थापीत र सक्रिय व्यक्ति हुन् सरोजकाजी तुलाधर । विशेषगरी फाइनान्स कम्पनीको नाम आउने वित्तीकै सरोजकाजी तुलाधरको नाम सँगै आउँछ । पछिल्लो समय कोभिडका कारण बैंक तथा वित्तीय क्षेत्र पनि कारोबार बिहीन जस्तै बन्न पुगेका छन् । कोभिडले समग्र वित्तीय क्षेत्रलाईनै प्रभाव पारेको छ । बैंक विकास बैंक वा फाइनान्स कम्पनीहरु एउटै समस्यामा छन् । बैंकवित्त क्षेत्र मर्जर हुँदै संस्थागत रुपमा आकार बढाउँदै गर्दा फाइनान्स कम्पनीहरु पनि मर्जरबाट हाल २२ वटामा झरेका छन् । सबै फाइनान्स कम्पनीहरुको साझा संस्था वित्तीय संस्था संघको समेत नेतृत्व गर्नुभएका गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गर्दछौं ।

फाइनान्स कम्पनीहरुको अहिलेको अवस्था के छ ?
बैंक तथा वित्तिा संस्थाहरु सबै एउटै बोटमा छन् । समस्या आँउदा कर्मसियल बैंक र विकास बैंकमा छुट्टै आउने वा फाइनान्स कम्पनीहरुलाई छुट्टै समस्या आउने होइन । समस्या आयो भने यी तीनवटै वित्तीय क्षेत्रमा समस्या आउँछ, मजबुत भयो भने पनि तीनै वटा मजबुत हुन्छन् । कोभिडको प्रभाव सबैलाई भैरहेको छ । कैयौ जिल्लाहरुमा शाखाहरु खोल्न सकिएको छैन । प्रशासनिक खर्च बढेको बढ्यै छ । आम्दानी छैन, लगानी गरेका ऋणीहरु सबैको कोभिडका कारण व्यापार व्यावसाय ठप्प छ । उनीहरुले ऋण तिर्न सक्ने अवस्था रहन्छ रहँदैन अन्योलपुर्ण अवस्था छ । सबै क्षेत्रसँग बैंक तथा वित्तिय संस्थाहरु प्रत्यक्ष जोडिएको अवस्थामा अहिले वित्तिय क्षेत्र कर्मसियल बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा भद्रगोलपुर्ण अवस्थामा छन् । कोरोनाको भ्याक्सिन नआँउदासम्म र यो अवस्था सामान्य नहुदाँसम्म बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष प्रभावित बन्ने अवस्था छ । अघिल्लो आर्थिक वर्षमा ७ महिनासम्म बैंक तथा वित्तिय क्षेत्रको व्यावसाय चलेको थियो भने यो आर्थिक वर्षमा ८।१० महिना नै कोभिडले ठप्प होला जस्तो छ । उद्योगधन्दा व्यापार व्यावसाय ठप्प भएका कारण त्यसको असर प्रत्यक्ष रुपमा बेंकवित्तमा पर्ने हो । अहिलेको अवस्था रहिरह्यो भने हामीले लगानी गरेको ऋणको साँवा र व्याँज उठ्न मुश्किल छ । ऋणको साँवा नउठेपछि हाम्रो नाफामा ह्राँस आउन थाल्छ जोखिमयुक्त कर्जा बढ्दै जान्छ । हामीले चुँक्ता पुँँजीबाट प्रशासनिक खर्च चलाउन पर्ने अवस्था आँउछ । समग्रमा हेर्दा यो कोरोना भाइरसको संक्रमण रहिरहँदासम्म बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो व्यावसाय गर्न कठिन छ ।

फाइनान्स कम्पनीहरु घटाउने कुरा चलिरहेको अवस्थामा फाइनान्स कम्पनीको महत्व के छ ? बैंक र फाइनान्स कम्पनीमा भिन्नता देख्नुहुन्छ ?
विकास बैंक र फाइनान्स कम्पनीहरु मर्ज भएर कम भैसकेका छन् । अहिले देश भरीमा २२ वटामात्र फाइनान्स कम्पनीहरु छन् । विकास बैंक र फाइनान्स कम्पनीले पछिल्लो समय राम्रोसँग कारोबार गरीरहेको अबस्था हो । वाणिज्य बैंकले बैंकले नपत्याएकाहरुलाई हामीले ऋण दिएका छौं । यो अबस्था विकास बैंक र फाइनान्स कम्पनीहरुको हो । उनीहरुलाई बैकिङ्ग के हो, बैंकिङ्ग कसरी गर्ने, बैंकिङ्ग बानीको विकास गराउने जस्ता चेतनामुलक शिक्षा पनि हामीले प्रदान गरिरहेका छौं । वाणिज्य बेंकको महत्व आफ्नो ठाउँमा छ र विकास बेंक तथा फाइनान्स कम्पनीको आबश्यकता पनि आफ्नो ठाउँमा छ । यसकारण वाणिज्य बैंकहरुले भन्दा सर्बसाधारण नागरिकको विकास बैंक र फाइनान्स कम्पनीमा बढी पहुँच रहेको छ ।

अहिले मर्जर बहस अघि बढीरहँदा फाइनान्स कम्पनीहरु मर्जरमा जाने वा तपाई आबद्ध रहेको गुडविल फाइनान्सको मर्जर योजना के छ ?
पछिल्लो केही बर्ष यता बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गइरहेका छन् । तर मर्जरमा जाने वा ल्याउने कुरा कुनै लहडमा गरिने कुरा होइन । फाइनान्स कम्पनीहरु जे जती मर्जरमा गए अहिले तत्कालै अन्य कम्पनीहरु मर्जरमा जान्छन् जस्तो मलाई लाग्दैन । हाम्रो हकमा कुरा गर्ने हो भने गुडविल फाइनान्स २६ वर्ष पार गरिसकेको आफैमा मजबुत संस्था हो । विगत लामो समयदेखि हाम्रो सक्रियता वित्तीय क्षेत्रमा स्थापीत भइसकेको छ । यस कारण पनि तत्काल हाम्रो कुनै संस्थासँग मर्जरमा जाने योजना छैन । आजको अवस्थासम्म हेर्ने हो भने हामी यहि अवस्थामा रहन्छौ । मौद्रिक नीतिले पनि कर्मसियल बैंक टु कर्मसियल बैंक मर्जरलाई मात्र प्रोत्साहान दिएको छ । यस्तो अवस्थामा अहिले भएका संस्थाहरु यथाबत रहँदा पनि देशको अर्थतन्त्रलाई राम्रै हुन्छ ।

 


सोसिअल मेडिया