
बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छालिङ भक्तपुरले सामाजिक दुरी कायम गरी एक कार्यक्रमका बिच बिमा क्षतिपूर्ति रकम बितरण गरेको छ । संस्थाको छालिङ शाखा भक्तपुरमा आबद्ध ग्राहक सदस्य चांगुनारायण ६, स्थित बाख्रीगाउँ महिला समुहकी ऋणी सदस्य जुनुमाया तामाङको मृत्यु बापतको काजक्रिया खर्च सहितको बिमा क्षतिपूर्ति रकम हकवाला निजको श्रीमान ज्ञान बहादुर तामाङलाई समूह अध्यक्ष पुतलीमाया तामाङ मार्फत बितरण गरिएको थियो । मृतक सदस्यले संस्थाबाट रु.५०,००० कर्जा लिई तरकारी खेती ब्यबसाय गर्दै आएका छन् ।
उक्त अवसरमा शाखा प्रमुख रवि कुमार गुरुङले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले देशको ७७ वटै जिल्लाका १८१ वटा शाखा कार्यालयहरु मार्फत करिब ४ लाख ग्राहक सदस्यहरुलाई समुहमा आवद्ध गराई बित्तीय सेवा प्रदान गर्दै आईरहेको र संस्थाले केवल कर्जा बचतको मात्र कारोबार नभई समुहमा आवद्ध ग्राहक सदस्य÷अभिभावकको विमा, प्रसुती प्रोत्साहन भत्ता, दैबी प्रकोप बिपत्ती, जटिल किसिमका रोग लाग्दा राहतको साथै स्वरोजगारमुलक, वित्तीय साक्षरता सम्बन्धी तालीम जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गर्दै आईरहेको जानकारी दिनु भएको थियो । कार्यक्रमको सहजिकरण केन्द्र परिचालक गिता लामिछानेले गर्नुभएको थियो ।