August 24th, 2020

राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको बर्तमान आर्थिक अबस्था (पूर्ण पाठसहित)

आर्थिक वर्ष २०७६÷७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी रु.१४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ६ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

हेरौं राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक रिपोर्टको पूर्ण पाठ

Current-Macroeconomic-and-Financial-Situation.-Nepali.-Based-on-annual-data-of-2076.77


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]