Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषकको दुखेसो : सहुलियत ऋण लिन जाँदा पत्याएन बैंकले 

admin २०७३ श्रावण ११ गते
सेयर:

coinसरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । कृषि ऋण नपाउँदा किसान महँगो ब्याजदरमा जग्गा धितो राखेर नीजि क्षेत्रका बैंकबाट ऋण निकाल्न बाध्य भएका छन् । मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउँछन् । “पटक पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने ।

सरकारले तीन वर्ष किसानलाई सस्तो ब्याजदरमा कृषि ऋण दिने घोषणा गरेको थियो । सरकारले घोषणा गरे पनि कृषि ऋण प्रवाहका लागि बैंकलाई नीतिगत समस्या भएको वाणिज्य बैंकका शाखा प्रबन्धक मित्रलाल नेपालीले बताए ।

ग्रामीण क्षेत्रका किसानसित प्रशस्त मात्रामा धितो राख्ने जग्गा छैन । फर्म र बिमाका आधारमा ऋण दिनुपर्ने किसानको माग छ । तर प्रबन्धक नेपालीले नीतिगत समस्या समाधान भए सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न सकिने बताए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।