बैंकिङ खबर । बैंकिङ क्षेत्रका कर्मचारी विहीबार दिनभरीजसो तनावमा रहे । बैंक जान हीडेका कर्मचारी ठाउँठाउँमा रोकीए । बैंकरदेखि राष्ट्र बैंकका कर्मचारी समेत प्रहरी चेकिङ र रोकावटमा परे । यसरी रोकावटमा परेपछि बैंकर्स संघका अध्यक्ष भूवन दाहालले बैंकका केही सिइओहरुलाई फोन गरेर सेवा नै रोक्ने निर्णय सुनाउन थाले । बैंक खोल्न नसकेका ठाउँमा मात्रै होइन खुलेका बैंक पनि बन्द गर्न लगाइयो । प्रभु बैंकको भक्तपुर शाखा खोलेर काम काज गर्न थालेका ब्रान्च म्यानेजरलाई फोन आएपछि उनले बैंक बन्द गर्न पुगे । प्रभु बेंकका भक्तपुर शाखाका म्यानेजर सुदेश देवकोटाले बैंक खोलेर सबै कर्मचारी आएर काम गरीरहेका बेला बैंक बन्द गर्न आदेश आयो । ‘बैंक खुलेर काम सुरु गर्न थालेकै बेला फोन आयो, बैंक बन्द गर्न थाल्यौं आज सेवा सुचारु हुँदैन ।’ उनले भने । बैंक बन्द गर्ने निर्णय राष्ट्र बैंकले मात्रै गर्न पाउने व्यबस्था छ । तर उक्त अधिकार विपरीत बैंकर्स संघले खुलेका बैंकलाई पनि बन्द गर्न लगायो । प्रहरीले कर्मचारीलाई रोकेर राखेपछि बैंक बन्द गर्नु बाध्यता थियो । तर खुलीसकेका बैंक बन्द गर्न लगाउनु बैंकर्स संघको अधिकार थिएन । आफूलाई प्रहरीले रोकेकै आधारबाट बैंक बन्द गर्ने निर्णय गर्नु रिसिबी साँँच्ने काम मात्रै थियो । बैंक बन्द गर्दा प्रहरीलाई होइन सेवाग्राहीलाई कष्ट हुने हो । कर्मचारी अभावमा खोल्न नसकेका बैंक बन्द गर्नु जाएज नै मानिन्छ । तथापी खोलीसकेका बैंकहरु बन्द गर्नु नाजायज मानिन्छ । यस सबै बैंकहरुले विहीबार खुल्ला रहने शाखाको ठेगाना र सम्पर्क नम्बर आफ्नो साइटमा हालीसकेका थिए । जसकारण कतिपय बैंकसम्म पुगेका सेवाग्राही फर्कनुपर्यो ।
समन्वयनको अभाव
नेपाल राष्ट्र बैंकले गृह मन्त्रालयसँग समन्वयन गरेर परिचयपत्रकै आधारमा हिडडुल गर्न पाउने व्यबस्था गरेको छ । तर यो समन्वयन यसअघि पनि भएको थियो । बुधबार नै राष्ट्र बैंक, बैंकवित्त र सुरक्षा क्षेत्रमा यस्तो समन्वयन जरुरी थियो । तर त्यसो हुन नसक्दा विहीबार बैंकका कर्मचारीले बाटोमै रोकिनु पर्ने र शास्ती भोग्नुपर्ने अबस्था आयो । विहीबार विहान बैंकहरुका केही कर्मचारीलाई सुरक्षा क्षेत्रले सोध खोज गर्ने, रोक्ने र हिड्न नदिने गरेपछि राष्ट्र बैंकले गृहमन्त्रालयसँग यस बारेमा समन्वयन गरेको हो । यस्तो समन्वयन हुँदा बेंकर्स संघले बैंकहरु बन्द गर्ने निर्णय गरीसकेको थियो । तर यस्तो निर्णय राष्ट्र बैंकले समेत थाहा पाएन । नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र बन्द गर्न नमिल्ने बताए । । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकिङ क्षेत्र अत्याबश्क भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने बताएका हुन् । । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकको निर्णय उनले सुनाए । उनका अनुसार हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको उनले बताए ।
विकास बैंक र फाइनान्स कम्पनीले सेवा रोकेनन्
विकास बैंकहरुले भने सेवा सुचारु राखेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द ढकालले विकास बैंकहरु खुल्ला रहेको बताए । उनले राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले सिमित शाखा संचालन गरेको बताए । विकास बैंकका केही कर्मचारीहरु हिडेर बैंकसम्म आएर पनि सेवा दिएका छन् । विकास बैंकहरु सबैजसोको सेवा सुचारु रहेका छन् । त्यसैगरी फाइनान्स कम्पनीहरु पनि संचालनमा रहेको वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । असहज अबस्थामा पनि सिमित शाखाबाट सेवा सुचारु रहेको उनले बताए । बैंकिङ खबरसँगको कुराकानीमा उनले वित्तीय क्षेत्र अत्याबश्यक सेवामा परेका कारण बन्द नहुने उल्लेख गरे ।