Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा ७ लाख ८० हजार आर्थिक सहयोग

२०७७ भाद्र १ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रु. ७ लाख ८० हजार रुपैयाँ जम्मा गरी सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषमा २०७७ साल असार मसान्तसम्ममा जम्मा भएको उल्लेखित रकम सहयोग गरेको हो ।
आ.व २०७६/७७ मा विभिन्न सामाजिक जनचेतनामूलक कार्यक्रम गरि बाँकी रहेको रकम संस्थाले हाल बढ्दो अवस्थामा रहेको कोभिड १९ सक्रमणको महामारी नियन्त्रण र सक्रमितहरुको उपचारमा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरेको संस्थाले जनाएको छ ।

Ad