August 17th, 2020

बैंकिङ सहुलीयतले मोटरसाइकल र स्कुटरको व्यापार बढ्यो

बैंकिङ खबर । नीजि तथा साना गाडि बिक्रिका लागि गाडि कम्पनीहरुले बैंकहरुसँग सहकार्य गरेर विक्रि बितरणको चाँजोमाझो मिलाएपनि विक्रि भने खासै बढेन । गाडिको विक्रि खासै नभएको गाडि कम्पनीहरुको भनाई छ । सार्वजनिक सवारी साधन बन्द भएका कारण मोटरसाइकल तथा स्कूटरका कम्पनी र नीजि कार कम्पनीहरु सक्रिय भएर लागेका थिए । उनीहरुले धेरै सहुलीयतका स्किमहरु ल्याएका थिए । कम्पनीहरूले फाइनान्सिङ सुविधा, मासिक किस्ता सुविधा, नगद एवं कर छुट जस्ता सुविधाहरु घोषणा गरेर बैंक वित्त कम्पनीसँग मिलेर गाडि बिक्रिको रणनीति बनाए । सवारीसाधन बिक्रिका लागि दशैंमा भन्दा सहुलीयत र छुटका प्याकेज राखिएको छ । यसअघि गाडी खरिदमा छुट पाउन दसैंतिहार पर्खनु पर्ने अबस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण थला परेको अर्थव्स्थामा सवारी साधन पनि एक हो । यो व्यबसाय कम्जोर हुँदै गर्दा मोटरसाइकल र स्कूटरको बिक्रि भने अहिले बढेको छ । जोर विजोर लागु हुनु तथा सार्वजनिक यातायात बन्द हुनुले दैनिक काम गर्नेका लागि मोटरसाइकल र स्कूटर प्रभावकारी देखिन्छ । चारपांग्रे साना सवारी साधन तथा मोटरसाइकल र स्कुटर खरिद गर्दा कम्पनीहरुले छुटका कार्यक्रमहरु अघि सारेपछि उपभोक्ता पनि आकर्षीत हुने अनुमान थियो । तर कारको बजार खासै छैन । पुराना कारहरु पनि धेरै विक्रिमा राखिएका छन् । गाडिका लागि बैंकहरु पनि लगानी गर्न तयार छन् । गाडि कम्पनीहरुले ६ महिनाको किस्ता समेत आफैले बुझाउने समेतका स्किम ल्याएका छन् । लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको बिक्रि भने बढेको छ ।