Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि लघुवित्तद्धारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार सहयोग

२०७७ श्रावण २९ गते

बैंकिङ खबर । कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तेह्र लाख बैसट्टी हजार साठी रुपैया सहयोग गरेको छ ।
संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेकाले सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको बताइएको छ ।
यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुुग्ने संस्थाको विश्वास रहेको छ ।

Ad