August 9th, 2020

निर्धन उत्थानको मृगौला रोगबाट पिडितलाई आर्थिक राहत सहयोग

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फलेवास राहालेद्घारा पर्बत जिल्ला फलेवास नगरपालिका वडा नं. ०६, देबीस्थान अन्र्तगत चन्दनी महिला समाजकी मृगौला फेल भई डाइलाईसिस गरिरहेको सदस्यलाई नगद रु. ५०००। आर्थिक राहत सहयोग प्रदान गरिएको छ । एक कार्यक्रमका बीच शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य अम्बिका पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यहरुको बृत्तिविकाशको लागि समय समयमा सक्षरता तथा आयमुलक तालिम संचालन गर्दै आएको बताउनुभयो । जस अन्र्तगत संस्थाले ग्राहक सदस्यलाई व्यवसायिक तरकारी खेती, व्यवसायिक गाई/भैसी तालिम, व्यवसायिक बाख्रापालन तालिम लगायत अन्य शिपमुलक तालिमका साथै वित्तीय साक्षरता तालिम समेत दिदैं आएको बताउनुभयो । यसरी शिपमुलक तालिम लिई व्यवसाय गरिरहेका ग्राहक सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर आर्थिक तथा सामाजिक अवस्थामा समेत सुधार भएको जानकारी गराउनुभयो । यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, ग्राहकका छोराछोरीलाई छात्रवृत्ति, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो । समुह सदस्य तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लेखापाल सुबोध पराजुलीले गरेका थिए ।

लघुवित्त क्षेत्रमा नेपालको सबैभन्दा ठुलो संरचना रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]