July 31st, 2020

ग्लोबल आइएमई लघुवित्तको संचालकमा सुशोभन देवकोटा नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई लघु वित्त वित्तीय संस्ंथा लि. को सञ्चालक समितिको वैठकले सुशोभन देवकोटालाई संस्थाको सञ्चालकमा नियुक्त गरेको छ । ग्लोवल आइएमई वैक लिमिटेडको तर्फवाट मनोनित गर्ने सञ्चालक संख्या जम्मा ४ जना मध्ये रिक्त रहेको १ जना सञ्चालक पदमा उहाँको नियुक्त गरिएको हो । सोही बैंठकमा नयाँ सञ्चालक समितिको सदस्य देवकोटाले पदभार ग्रहण गर्नु भयो । सञ्चालक समितिको सदस्यमा पदभार ग्रहण पश्चात, कम्पनी ऐन,२०६३ को दफा ९९ को व्यवस्था र बैक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को अनुसूची ( दफा १२७ को उपदफा (१) संंग सम्वन्धित) अनुसार सपथ ग्रहण सम्पन्न भएको जानकारी प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले जानकारी गराएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]