Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Old Post dont touch बैंकिङ सूचना

सरकारी बैंकमा २९८ जनालाई जागिर खुल्यो

२०७२ माघ १९ गते

krisi bankकृषि विकास बैँकमा २ सय ९८ पदका लागि नयाँ जागिर खुलेको छ । बैँकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ जागिरका लागि आवेदन खुला गरेको जानकारी गराएको हो । बैँकले चौथो र पाँचौँ तहका लागि दरखास्थ आह्वान गरेको हो ।

प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्ने उद्देश्यले दरखास्थ आह्वान गरेको बैँकले प्रतिष्पर्धीले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्ने बताएको छ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।

पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।

परीक्षाको लागि चाहिने पाठ्यक्रम तथा दरखास्त फारम बैंकको वेभ साइटबाट डाउनलोड गर्न सकिन्छ ।