July 29th, 2020

निर्धन उत्थानले दियो गम्भीर रोगबाट पिडित सदस्यलाई आर्थिक राहत

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फलेवास राहालेद्घारा फलेवास नगरपालिका ०५ खानीगांउ अन्र्तगत खौला महिला समाजकी गम्भीर रोगबाट पिडित सदस्यलाई नगद रु. ५०००। आर्थिक राहत सहयोग प्रदान गरिएको छ । शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य कमला श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

शाखाका लेखापाल सुबोध पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले यस कोभिड–१९ महामारीको प्रतिकुल अवस्थाका कारण संस्थामा आबद्घ ग्राहकको व्यवसाय आंशिक रुपमा बन्द भई आर्थिक रुपमा समस्यामा परेका आफ्ना ग्राहक सदस्यहरुलाई मध्यनजर गदै व्यवसाय पुनस्र्थापना कर्जा समेत प्रवाह गरिरहेको बताउनुभयो । यसरी संस्थाका ग्राहकलाई प्राकृतिक प्रकोप, दैवी प्रकोप, महामारीको कारण सदस्यको घर, जग्गा, उत्पादनशील सम्पति वा व्यवसाय असफल भएको अवस्थामा व्यवसाय पुनस्र्थापना गर्न थप कर्जा रकमको व्यवस्था गर्दा व्यवसाय पुनस्र्थापना भई सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर ग्राहक सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने बताउनुभयो ।

यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]