July 28th, 2020

निर्धन उत्थान छात्रवृत्ती अक्षयकोष स्थापना

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्घारा श्री भवानी विद्यापीठ माध्यमिक विद्यालय खानीगाउं, पर्बतमा निर्धन उत्थान छात्रवृत्ती अक्षयकोष स्थापना गर्नको लागि रु. पांच लाख प्रदान गरिएको छ । सो सम्झौतामा फलेवास शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरी र प्रधानाध्यापक अर्जुन कुमार रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

शिक्षा प्रत्येक बालबालिकाहरुको जन्मसिद्ध अधिकार तथा मानव समुदायको जिवन विकासको मूल आधार भएकोले विपन्न वर्गका बालबालिकाको शैक्षिक अधिकारमा बाधा नपुगोस्, सबै विपन्न र वेसहारा वर्गलाई स्तरीय शिक्षा अध्ययनमा सहयोग पुगोस् र देशमा दिर्घकालिन रुपमा विकासको ढोका खुलोस् भन्ने दुवै पक्षको साझा उद्देश्य पुरा गर्न निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वित्तीय सहयोगमा रु. पांच लाख विद्यालयमा रहने गरी निर्धन उत्थान छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको हो । यस कोषबाट भवानी विद्यापीठ माध्यमिक विद्यालयमा अध्ययन गर्ने निर्धन उत्थान परिवार तथा विपन्नवर्गका नेपाली छात्रछात्रालाई वार्षिक रुपमा छात्रवृति सहयोग गरिनेछ ।

यस अक्षयकोषबाट प्राप्त ब्याज आम्दानीबाट कक्षा ५ देखि ८ सम्म अध्यनरत निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाद्धारा गठन गरिएकोे समुह सदस्यका छोराछोरी वा विपन्नवर्गका छात्रछात्रालाई प्रति विद्यार्थी रु. २,०००।—को दरले साथै कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई रु.३,०००।— को दरले नगद र प्रमाणपत्र प्रदान गरिनेछ । छात्रवृति रकम विद्यालयले आयोजना गर्ने विशेष कार्यक्रममा वितरण गरिने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]