आइतबार नेप्सेमा झन्डै साढे ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएका छन् । नेप्सेमा ४ वटा कम्पनीको ३४ लाख ४८ हजार ३ सय ८२ दशमलव ९५ कित्ता बोनश शेयर सूचिकृत भएका हुन् । जसमध्ये, सेती फाइनान्सको ७७ हजार ९ सय २४ कित्ता, विराटलक्ष्मी विकास बैङ्कको ८ लाख ५० हजार ७ सय १५ दशमलव ७ कित्ता, पूर्णिमा विकास बैङ्कको ३ लाख ८० हजार ८ सय ३७ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २१ लाख ३८ हजार ९ सय ६ दशमलव २५ कित्ता बोनश शेयर रहेका छन् । अब लगानीकर्ताले यी शेयर कारोबार गर्न सक्नेछन् ।