मिर्मिरे लघुवित्त राष्ट्रिय स्तरमा रुपान्तरण

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकिकृत कारोवार मिति २०७७ अषाढ २१ गते देखि सञ्चालन भईसकेको छ । संस्थाले नागबेलि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समेत प्राप्ती गर्ने कार्यको लागि अन्तिम स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा पेश भइसकेको छ । यस लघुवित्तलाई २०७७/०४/०६ गते नेपालभर लघुवित्तीय कारोवार गर्नेगरी “राष्ट्रियस्तर”कार्यक्षेत्र कायम हुनेगरी नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका सात वटै प्रदेशमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाले राष्ट्रिय स्तरको कार्यक्षेत्रको अनुमती पश्चात शाखा कार्यालय नरहेका जिल्लाहरुमा समेत शाखा विस्तार गरी अँझ प्रभावकारी तवरले सञ्चालन गर्न, विस्तार तथा कार्यक्रम नभएका जिल्लालाई समेट्ने गरी मर्जर तथा प्राप्तीलाई जोड दिदै अन्य लघुवित्तको समेत खोजि गरिरहेको छ ।