July 21st, 2020

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (हेर्नुहोस् सूचना सहित)

 बैंकिङ खबर । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको ग्लोबल आइएमई लघुवित्तले योग्य, इच्छुक उम्मेदवारहरुबाट निवेदनको माग गरेको छ । लघुवित्तले २०७७ साउन २ गते कर्मचारी आवश्यकताको सूचना प्रकाशित गरेको हो ।

लघुवित्तले सूचना प्रविधि विभागमा अधिकृत श्रेणी एवम् सहायक श्रेणीमा २ जना, अनुगमन अधिकृत, अधिकृत श्रेणीमा केही आन्तरिक लेखा परिक्षक सहायक अधिकृत श्रेणीमा केही, लेखा तथा वित्त विभागीय प्रमुख अधिकृत श्रेणीमा १ जना, प्रदेश प्रमुख अधिकृत श्रेणीमा २ जना र सहायक/क.सहायक, सहायक श्रेणीमा केही कर्मचारीको माग गरेको छ ।

यसको लागी अधिकृत श्रेणी तहमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको, र सहायक श्रेणी तहमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको पाँच वर्ष थप हुने तथा संस्थामा काम गर्ने कर्मचारीहरुमा उमेर हद नलाग्ने जनाइएको छ । यस्तै, सबै पदका लागि मोटरसाइकल ड्राईभिङ लाइसेन्स हुनुपर्ने छ ।

इच्छुक उम्मेवदावरले निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको ई-मेल [email protected] मा दरखास्त पठाउन आव्हान गरीएको छ ।
छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षा तथा अन्तरवार्ताका लागी टेलीफोन तथा ईमेल मार्फत सुचित गरीनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]