July 13th, 2020

अब लघुवित्तले लाइसेन्स नपाउने, पाइपलाइनमा भएकाको पनि प्रकृया स्थगित

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स बन्द गरेको छ । घ वर्गका वित्तीय संस्थाका रुपमा रहेका लघुवित्त वित्तीय संस्थाको अनुमति पत्र स्थगन गरिएको राष्ट्र बेंकका गभनर्एर महाप्रसाद अधिकारीले बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले अब लघुवित्तको लाइसेन्स बन्द गरिएको जानकारी गराए । हाल पाइपलाइनमा रहेकालाई समेत लाइसेन्स नदिने संघीय संसदको अर्थ समितिलाई उनले जानकारी गराए । हाल करीव ९० वटा लघुवित्त संचालनमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]