विजय लघुवित्तको सीईओमा बसन्तराज लम्सालको कार्यकाल ४ वर्ष थप

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतका रुपमा रहनुभएका बसन्त राज लम्सालको पदावधि थप भएको छ । उहाँको आगामी ४ वर्षका लागि २०७७ श्रावण १ गतेबाट लागू हुने गरी पदावधि थप भएको हो । लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले असार २७ गते शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने अर्को कार्यकाल थप्ने निर्णय गरेको हो ।
उहाँ लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुनुहुन्छ ।