July 11th, 2020

जनउत्थानको ९ औं वार्षिक साधारण सभा तथा एसएमएस अर्लट सिष्टमको सुभारम्भ

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज शनिवार ९ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव श्रीराम पोख्रेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माले गर्नु भएको थियो ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन सँगै संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थामा आवद्ध समुह सदस्यहरु सँगको आर्थिक कारोवारलाई पारदर्शी बनाउने, समुह सदस्यहरुलाई कारोवारको जानकारी गराउने र वित्तीय साक्षरता कार्यक्रमलाई अभियान कै रुपमा अगाडी बढाउन थप टेवा पु¥याउने उद्देश्यका साथ क्ःक् ब्भिचत क्थकतझ को शुभारम्भ गर्नु भएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थालाई यस विषम परिस्थितीको घडीमा पनि सफलता पूर्वक अगाडी बढाउनका लागि खर्चलाई मितव्यी गर्दै, अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका परिकल्पनाकार डा. मान बहादुर बि.क.ले हाल विश्वव्यापी रुपमा देखा परेको कोराना भाईरस ले विभिन्न खालका चुनौतीहरु देखा परेका छन्, हरेक चुनौती सँग अवसर पनि हुन्छ जसले गर्दा त्यसैले नयाँ नयाँ प्रविधिहरुको प्रयोग मार्फत विद्युतीय कारोवारहरुलाई प्रोत्साहन गर्दै अगाडी बढ्नका लागि सुझाव दिनु भएको थियो । पूर्व अध्यक्ष यम बहादुर बि.के., पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), सिताराम रसाली, जोगलाल विश्वकर्मा, सर्वसाधारण शेयरधनीको तर्फबाट पशुपति पाठक लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।


उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु ६,३३,६०,०००/– (अक्षरुपी छ करोड तेत्तीस लाख साठी हजार मात्र) को १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, संस्थाको अधिकृत पूँजी रु १०,००,००,०००।– (अक्षरुपी दश करोड) बाट बृद्धि गरी रु ५०,००,००,०००।– (अक्षरुपी पचास करोड) पु-याउने, हाल कायम रहेको चुक्ता पूँजी रु ६,३३,६०,०००/– (अक्षेरुपी छ करोड तेत्तीस लाख साठी हजार मात्र) लाई २५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी रु ७,९२,००,०००।– (सात करोड बयानब्बे लाख) को १ः२ (अर्थात १ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।
उक्त साधारण सभामा संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचनमा क्रमश बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता पदम बहादुर कार्कीले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र वितरण गर्नु भएको थियो । साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको बैठकले बाबुराम बिश्वकर्मालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]