ग्लोबल आइएमई लघुवित्तबाट छात्रवृत्ति प्रदान

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. वेसिशहर लमजुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लमजुङ्क क्याम्पसमा कृषि विषय विएस्सी एजी चौथो सेमेष्टरमा अध्ययनरत सुश्री अनिता सिलवाल हाल वेसिशहर १ कार्कीडाँडा स्थायी वसोवास गर्ने छात्रालाई गरिव तथा जेहन्द्धार छात्रवृत्तिको रुपमा १ वर्षको शिक्षण शुल्क भुक्तानी गर्नका लागि रु. १५,०००। (अक्षरेपी पन्ध्र हजार मात्र संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरवाट आज मिति २०७७।३।२५ गते हस्तान्तरण गरिएको छ । संस्थाले प्रत्येक वर्ष जेष्ठ ५ गते संस्थाको वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण गर्ने व्यवस्था वमोजिम संस्थाको मिति २०७७।२।५ गते आठौ वािर्षक उत्सवको अवसरमा छात्रवृत्तिका लागि छुट्याइएको रकम वितरण गरिएको हो ।
मिति २०७०/०२/०१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७०/०२/०५ गते देखि यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो वित्तीय कारोवार रजिष्टर्ड कार्यालय लमजुङ जिल्लाको बेसीशहर—८, वाट कारोवार संचालन गदै आइरहेको छ । नेपाल राष्ट्र बैंक वाट राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको स्विकृती प्राप्त यस संस्थाले हालसम्म ४६ जिल्लाहरुमा गरि ६८ वटा शाखा सञ्जाल विस्तार गरि ९२,०९१ सदस्यहरु वाट १ अर्व ३२ करोड वचत संकलन गरि ५२४२७ जना उद्यमी सदस्यहरुलाई रु. ३ अर्व ८७ करोड कर्जा लगानी गरेको छ ।
छात्रवृत्ति प्राप्ती पछि विद्यार्थीको धारणा :

अनिता सिलवाल : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.वाट मलाई विएस्सी चौथो सेमेस्टर अध्ययन गर्नको लागि लाग्ने वार्षिक शैक्षिक शुल्क खर्च स्वरुप रु.१५,०००। भुक्तानी गर्नु भएकोमा म ज्यादै खुशी छु र संस्था परिवार प्रति आभार व्यक्त गर्दछु । म आर्थिक रुपमा विपन्न भएको र परिवारको आम्दानीको श्रोत पिताको मृत्यु पछि हाल कुनै पनि श्रोत नभइ मलाई अध्ययन को लागि खर्च जुटाउन साह्रै गाह्रो भएको थियो । मेरो उच्च शिक्षा अध्ययन गर्ने अभियानमा संस्थाको सहयोग म कहिल्यै विर्सने छैन । आगामी दिनहरुमा मैले सिकेको कृषि प्राविधिक सिपहरु अरुलाई सिकाउन अग्रसर हुनेछु । छात्रवृत्तीको साथै महिलाहरुलाई तालिमहरुवाट सिप , प्रविधि र पूँजी सहित सहयोग गर्ने रहेछ । मलाई सारै खुशी लाग्यो । संस्थाको सफलताको कामना गर्दछु ।