July 8th, 2020

आँधिखोला लघुवित्तको साधारण सभामा दुई संचालकको निर्वाचन

बैंकिङ खबर । आँधिखोला लघुवित्त वित्तीय संस्थाको तेस्रो साधरण सभाअसार २२ गते होटल गाँउवेशीको सभाहल वालिङ –८ वालिङ स्याङजामा सम्पन्न भयो । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ को २०७६ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको वताइएको छ । साथै, सभावाट सर्वसाधरण समुह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरु विधा श्रेष्ठ र युक्त वहादुर सुवेदी निर्वाचित भएको कुरा कम्पनी सचिव डोलराज के.सीले बताउनुभयो । साधरण सभाको संचालन कम्पनी सचिव डोलराज के.सी ले गर्नुभएको थियो भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गर्नुभएको थियो भने, स्वागत मन्तव्य संचालक केहर सिंह केसीको रहेको थियो भने धन्यवाद ज्ञापन संचालक दिपेन थापाले गर्नुभएको थियो ।

संस्थाले हाल १० जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालनग र्दै आएको र स्थापनाको कम समयमा नै विभिन्न सामाजिक कृयाकलापमा समेत संलग्न हुदै आएको संस्थाले जनाएको छ । संस्थाले वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था संग मर्जरको लागी प्रकृया अगाडी बढाइसकेको र नेपाल राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा रहेको समेत मर्जर समितिका सदस्य दिपेन थापाले बताउनुभयो । धितोपत्र कारोवार मर्जर प्रकृयाका कारण २०७६ पौष महिना देखि नै वन्द रहेको र संस्थाले यस आ.व मा शेयरधनीलाई कुनै प्रकारको लाभांस घोषण नगरेको र आगामी वर्ष यथाशक्य लाभांस वितरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताउनुभएको छ । सोही सभामा लघुवित्त संघ नेपालको कोषाध्यक्ष पदमा मनोनित भएको उपलक्ष्यमा संस्थाका अध्यक्ष नरेश के.सीलाई समेत संस्थागत रुपमा सम्मान गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]