July 8th, 2020

यति धेरै लगानीकर्ताहरुको सहभागिताले थप जिम्मेवार बनाएको छ

रेशम न्यौपाने, प्रमुखकार्यकारी अधिकृत, साधना लघुवित्त वित्तीय संस्था

गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले यहि आषाढ २१ गते देखि सर्वसाधारणलाई सर्वसाधरण शेयर (आईपिओ) बिक्री गरेको छ । सर्वसाधारणलाई आईपिओ बिक्रीवितरण गरे पश्चात् लघुवित्तको चुक्तापूँजी २१ करोड ७७ लाख असीहजार पुग्नेछ । लघुवित्तको आईपिओमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । आम लगानीकर्ता भावी योजनावारे जान्न उत्सुक छन् । प्रस्तुत छ काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लघुवित्तमा यति धेरै सहभागिता बटुलेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेसँग गरिएको कुराकानीको सम्पादीत अंश  :

यस विषम परिस्थितिमा साधना लघुवित्तको आईपिओमा लगानीकर्ताहरुको सहभागिताप्रति तपाँई के भन्नुहुन्छ ?
यस वित्तीय संस्थाको आईपिओमा लगानीकर्ताहरुको सहभागिताले उत्साहित बनाउनुको साथै थप जिम्मेवार समेत बनाएको छ । भर्खरै आफ्नो पहिचान बनाउँदै गरेको वित्तीय संस्थालाई देशभरवाट लगानीकर्ताहरुले गरेको विश्वासले थप उर्जा प्राप्त भएको छ । साथै वित्तीय संस्थालाई अझ उचाईमा पु–याउनको लागि थप प्रेरणा एवं आत्मबल समेत प्राप्त भएको महशुष भएको छ ।

आईपिओको आज अन्तिम दिन कति लगानीकर्ताहरुको सहभागिता हुने अनुमान गर्नुभएको छ ?
बिगतका आईपिओका आवेदन संख्याको ट्रेण्डलाई हेर्दा एवं गत तिनदिनको आवेदन संख्यालाई हेर्दा आजको अन्तिम समय सम्ममा करिव ६ लाख लगानीकर्ताहरुको आवेदन पर्ने अनुमान गरिएको छ ।

भनेपछी साधनाले आईपिओको रेकर्ड ब्रेक गर्छ, सो अनुसार प्रतिफल पनि दिन सक्छ ?
निश्चय नै साधनाको वित्तीय विवरण अध्ययन गरेको कारण लगानीकर्ताहरुले रेकर्ड ब्रेक गर्नेगरी आवेदन दिनुभएको छ । तसर्थ यस विषम परिस्थितिमा समेत लगानीकर्ताहरुले गरेको बिश्वासप्रति हार्दिक सम्मान प्रकट गर्न चाहान्छु । जहाँसम्म प्रतिफलको कुरा छ स्थापनाको प्रथम वर्षदेखिनै मुनाफा आर्जन गर्न सफल यस वित्तीय संस्थाको गत २ वर्षको संचित मुनाफा रहेको हुँदा लगानीकर्ताहरुले जुन उत्साहका साथ लगानी गर्नुभएको छ निश्चय पनि निराशा नहुनेगरी वित्तीय संस्थाले प्रतिफल दिन सक्छ ।

अब साधना लघुवित्तले पूँजी बृद्धि गर्न आवश्यक छ कि छैन ? पूँजी बृद्धिको लागि मर्जर वा हकप्रद शेयर जारी के रोज्नुहुन्छ ?
वित्तीय संस्थाले परिकल्पना गरे अनुरुपको ब्यवसायिक सञ्जाल बृद्धि गर्नको लागि आगामी दिनमा समेत पूँजी बृद्धि गर्दै जानुपर्ने आबश्यकता रहन्छ । हामी पूँजीबृद्धि गर्ने कार्यको चरणबद्ध योजना पनि बनाएका छौं । जहाँसम्म मर्जर वा हकप्रद शेयर जारी गर्ने भन्ने छ, त्यसमा हामी दुईटै बाटोवाट अगाडी बढ्ने छौं । यस वित्तीय संस्था स्थापना हुँदा सानो पूँजी २ करोड ४५ लाख वाट मात्र स्थापना भएको हो । यस विचमा वित्तीय संस्थाले २ पटक हकप्रद शेयर जारी गरेको छ भने नेपालको निजी क्षेत्रवाट स्थापित लघुबित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक भानु न.पा १ तनँहुमा केन्द्रिय कार्यलय रहेको आर्थिक सम्बृद्धि लघुबित्त बित्तीय संस्था लि.लाई प्राप्ती गरेको छ र यो लघुवित्त क्षेत्रको एउटा उदाहरणनिय कार्य पनि हो । तसर्थ वित्तीय संस्थाले आगामी दिनमा समेत मर्जरलाई प्राथमिकता दिई कार्यान्वयन गर्नुका साथै आवश्यकताअनुसार हकप्रद शेयर जारी गर्नेछ ।

आईपिओ पश्चात् साधना लघुवित्तको अन्यभावी योजना बताईदिनोस् न ?
स्थापना देखिनै यस लघुवित्त संस्थालाई नमूना लघुवित्तको रुपमा स्थापितगर्ने नै सञ्चालक समिति, संस्थापक शेयरधनीहरु ल्गायत वित्तीय संस्थाको उच्च ब्यवस्थापन सबैको मूख्य ध्येय हो । अब आईपिओ पश्चात् वित्तीय संस्थाको परिवार ठुलो हुनेछ । देशैभरका लगानीकर्ताहरु वित्तीय संस्थामा आबद्ध हुनुहुनेछ । तत् पश्चात् अगामी दिनहरुमा यस संस्थाको प्रगतिका लागि अझ बढी स्नेह तथा सद्भाव संस्थाले पाउनेछ । जसको फलस्वरुप आवश्यकताअनुसार देशैभरमा शाखा सञ्जाल स्थापना गरी राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रममार्फत् सहयोग गर्ने हाम्रो प्रतिवद्धता संगै भावी योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]