आरम्भ र चौतारी लघुवित्तको एकीकृत कारोबार सुभारम्भ

 

बैंकिङ खबर । आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार बनेपामा एक औपचारिक कार्यक्रम गर्दै एकीकृत कारोबार सुरु गरिएको हो ।

उनीहरुले आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । उक्त दुई लघुवित्त बीच २०७६ जेठ २२ गते नै मर्जर सहमति भएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते मर्जरका लागि अन्तिम श्रम स्वीकृती दिएको थियो । कम्पनी रजिष्ट्रर कार्यालयले गत असार १ गते स्वीकृति दिएको थियो । त्यसपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको हो ।

मर्जपछि लघुवित्तको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यस्तै, लघुवित्तको सेवा विस्तार ३१ जिल्लामा पुगेको छ भने शाखा सख्या ७७ पुगेको छ । साथै, सदस्य संख्या ६२ हजार २०२, ऋणीहरुको संख्या ३३ हजार ६४ पुगेको छ । लघुवित्तको कुल लगानी भने रु. २ अर्ब ५० करोड ८० लाख ७४ हजार पुगेको छ ।

लघुवित्तको कर्मचारीको सख्या भने ३९१ पुगेको छ । यस्तै, हालसम्मको सञ्चालन नफा रु. ७ करोड ६१ लाख २७ हजार ४०५ पुगेको छ । खुद नाफा भने ३ करोड ८१ लाख ९७ हजार पुगेको छ ।

एकीकृत कारोबार सुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंकका प्रकाश श्रेष्ठ सहित लघुवित्तका प्रतिनिधिहरुले मनतव्य राखेका थिए ।