July 5th, 2020

मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ती गर्ने

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रयोजनका लागि असार २० गते तिनकुने, काठमाडौंमा आयोजित विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले १ः०.९५ शेयर स्वाप अनुपात हुने गरी उक्त संस्थालाई प्राप्ती गर्ने सर्वसम्मतीले निर्णय गरेको छ । मिर्मिरेको चुक्ता पूँजी रु. १९,९१,६०,२८० र नागबेलीको समायोजित चुक्ता पूँजी रु. २०,०७,१२,३६१.५० गरी चुक्ता पूँजी जम्मा रु.३९,९८,७२,६४१.५० हुनेछ । समायोजन पश्चात हुने चुक्ता पूँजी रु. ३९,९८,७२,६४१.५० को २ ः १ अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । नागबेली लघुवित्तका १० जिल्लामा हाल ३७ शाखाहरु छन् भने मिर्मिरेका स्वेडा लघुवित्तलाई एक्वायर गरेपछि ६४ शाखा भएकोले नागबेली सँगको एकिकृत कारोबार पश्चातनागबेली र मिर्मिरेको कार्य क्षेत्र अलग भएकाले शाखा संख्या जम्मा १०१ हुनेछन् ।
उक्त सभामा आफ्नो मन्तब्य राख्दै संस्थाका अध्यक्ष टेक बहादुर बोहराले लघुवित्तको बाक्लो उपस्थितिमा समेत छरिएर रहेको पूँजीलाई बचत संकलन मार्फत एकत्रित गर्ने, ग्रामीण समाजमा व्याप्त गरिबीलाई लघुकर्जाको माध्यमबाट स्वरोजगारिताको विकास गरी परनिर्भरता कम गर्न विविध क्रियाकलाप अगाडि बढाईरहेको यस संस्थाको नागबेलीलाई प्राप्ती पश्चात मेची देखि महाकाली सम्म कार्य सञ्जाल पुग्ने, शाखा गाभ्नु नपर्ने, कर्मचारी समायोजनमा समेत सजिलो हुनगई वित्तीय संस्थाको व्यवसायिक विस्तारमा सहज हुने बताउनुभयो ।
सभाको सञ्चालन बिर्ख बहादुर बोहराले गनर्सभएको थियो भने स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले राख्नुभएको थियो । प्राप्ती सम्बन्धमा भएका विविध प्रकृया र विषयवस्तुको बारेमा संचालक सन्तोष फुयालले प्रस्तुतीकरण गर्नुभएको थियो भने सभाले उठाएका प्रश्नमा संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिनु भएको थियो ।
सभामा डमरु वल्लभ घिमिरे, शिव प्रसाद पौडेल, नारायण बस्नेत, ईन्द्रकृष्ण श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने, मन बहादुर राई, प्रकाश कोईराला र राम ब. भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]