वोमी लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०७७ असार १९ गतेका दिन सम्पन्न आठौं वार्षिक साधारण सभाले रु २ करोड ५२ लाख ७२ हजार बोनस शेयर तथा कर प्रयोजनका लागि नगद लाभांश रकम रु १३ लाख ३० हजार १सय ५ रुपैया वितरण गर्न स्वीकृत गरेको छ ।
उक्त साधारण सभामा संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचनमा क्रमशः बिन्दिया प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा, नरेन्द्र कुमार प्रसाई, कृष्णराज सिलवाल र शिव प्रसाद मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको बैठकले बिन्दिया प्रधानलाई सञ्चालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।
वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बनेको वोमी लघुवित्त वित्तीय संस्थाको एकिकृत वित्तीय कारोवार शुरु भए पश्चात हाल देशका ३८ जिल्लाका विभिन्न ६१ स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । त्यस्तै, सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट चार वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो ।