आधिकारीक भुक्तानी प्रदायकसँग मात्रै सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले दोस्रो पटक आधिकारीक भुक्तानी प्रदायक संस्थासँग मात्रै सहकार्य गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । तर राष्ट्र बैंकले आधिकारीक भुक्तानी सेवा प्रदायक कम्पनी भने किटान गरेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको भुक्तानी प्रदायक संस्थासँगमात्र सहकार्य गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ । सञ्चालनको अनुमति नलिएका डिजिटल भुक्तानी संस्थालाई भुक्तानी पार्टनरका रुपमा नलिन राष्ट्र बैंकले निर्देशन गरेको छ । नयाँ गभर्नर महाप्रसाद अधिकारी आएपछि यस्तो निर्देशन गरिएको यो दोस्रो पटक हो ।