साउन ७ गतेसम्म लकडाउन ! शैक्षिक संस्था, सार्वजनिक यातायात र हवाई उडान बन्द

बैंकिङ खबर । सरकारले साउन ७ गतेसम्म हालको खुकुलो लकडाउनलाई निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउन ७ गतेसम्मका लागि लकडाउन निरन्तरता दिने निर्णय गरेको हो । हाल खुकुलो बनाएको लकडाउनलाई यही अबस्थामा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सम्पूर्ण हवाई उडान, सार्बजनिक यातायात, विद्यालयहरु, शैक्षिक संघसंस्थाहरु भने बन्द हुनेछन् । सभा समारोह, प्रदर्शन गर्न रोक लगाइएको छ भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।