June 18th, 2020

कोरोना रोकथाममा मेरो माइक्रोफाइनान्सद्धारा २५ लाख बढीको सहयोग

बैंकिङ खबर । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय बाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको जनाएको छ ।
उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिनुभयो ।
यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु-याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिनुभयो ।
समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पु-याउन पाउदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताउनुभयो । उहाँले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।  असार लागेपछि लकडाउन खुकुलो पारिँदा ब्यापार ब्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने उल्लेख गर्नुभयो ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]