June 16th, 2020

निर्धन उत्थान लघुवित्तद्वारा छात्रबृत्ति रकम बितरण


बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छालिङ भक्तपुरले एक कार्यक्रमका बिच स्वर्गीय डा. हरिहर देब पन्त स्मृति छात्रबृत्ति बितरण गरेको छ । संस्थाको छालिङ शाखा भक्तपुरमा आबद्ध ग्राहक सदस्यहरुका छोराछोरी मध्ये गत बर्षको १२ कक्षाको परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने चांगुनारायण ७ स्थित बागेश्वरी महिला समुहकी ऋणी सदस्य श्रीमती सानुमाया खत्रीको छोरा हरिश खत्रीलाई छात्रबृत्ति रकम बापत नगद रु.६,०००। र प्रमाणपत्र शाखा प्रमुख रविकुमार गुरुङले बितरण गर्नु भएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थापक स्व. डा. हरिहर देब पन्तको स्मृतिमा प्रत्येक बर्ष निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका सवै शाखाहरु मार्फत उत्कृष्ट अंक ल्याउने ग्राहक सदस्यहरुका छोराछोरीहरु मध्ये २ जनालाई डा. हरिहर देब पन्त स्मृति छात्रबृत्ति प्रदान गर्दै आईरहेको छ । यस संस्थाले हाल देशको ७७ वटै जिल्लाका १८१ वटा शाखा कार्यालयहरु मार्फत करिब ४ लाख ग्राहक सदस्यहरुलाई समुहमा आवद्ध गराई बित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]