समता र घरेलु लघुवित्तले गरे मर्जर सम्झौता

बैंकिङ खबर । समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँग घरेलु लघुवित्त वित्तीय संस्था गाभिने भएको छ । सोमबार आयोजित एक समारोहका बीच समताको तर्फबाट संचालक समितिको अध्यक्ष डम्मरमणि थेवे लिम्वु र घरेलु लघुवित्तको तर्फबाट संचालक समितिको अध्यक्ष आङ्ग देण्डी शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । मर्जर पछि बन्ने संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्थाहुने र केन्द्रीय कार्यालय बनेपा रहने गरी सम्झौता गरिएको बताइएको छ । स्वाप रेसियो (क्धबउ च्बतष्य० डिडिए (म्म्ब्० मार्फत अन्तिम निर्धारण गर्ने भएतापनि हाललाई १००ः८० कायम हुनेगरी यी दुई वित्तीय संस्थाविच आपसमा गाभ्ने गाभिने (मर्जर) विषयमा सम्झौता भएको हो । मर्जर पश्चात् वित्तीय संस्थाको कूल चुक्ता पूँजी २६ करोड १४ लाख रुपैया हुनेछ ।
हाल समता लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख रुपैया रहेको छ । २४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३७ हजार ग्राहक सदस्यहरुलाई लघु वित्तीय सेवा दिदै आइरहेको यस वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी १ अर्व ६६ करोड रुपैया गरेको छ भने निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैया छ । उक्त अवधि सम्मको कुल आम्दानी ५ करोड ३१ लख रहेको वित्तीय विवरण प्रकाशन समेत गरेको छ ।
उता घरेलु लघुवित्तको चुक्ता पूँजी ७ करोड ३ लाख रुपैया रहेको छ । १३ वटा शाखा तथा ६ हजार सदस्य रहेको घरेलुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी २१ करोड १७ लाख रुपैया गरेको छ भने निक्षेप संकलन ४ करोड ३५ लाख रुपैया गरेको छ । उक्त अवधि सम्म कुल आम्दानी ५९ हजार रहेकोे छ ।