घरेलु लघुवित्तद्धारा कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा आर्थिक सहयोग

बैंकिङ खबर । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्द लड्न कार्य क्षेत्र भित्र परेका स्थानीय निकायहरुलाई आर्थिक सहयोग गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ । सोही क्रममा घरेलु लघुवित्तको शाखा कार्यालयहरु कुलेखानी, मकवानपुर, पोखरिया, पर्सा र बनेपा, काभ्रेका शाखा प्रबन्धकहरु क्रमशः नेत्र प्रसाद निरौलाले इन्द्र सरोवर गाउँपालिकाकाअध्यक्षश्री जीवनलामाज्यूलाइ, सरोज कुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाइ र राम प्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३ वटै शाखाले रु. १००००/– को दरले जम्मा ३ वटा स्थानीय निकायलाई जम्मा रु.३०,०००/–आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।