बैंकिङ खबर । लघुवित्त संचालकहरुको संस्था लघुवित्त संघले नेपाल राष्ट्र बैंकलाई १६ बुँदे सुझाव दिएको छ । संघका अध्यक्ष जगतबहादुर पोखरेलको नेतृत्वमा रहेको टोलीले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई भेटी आगामी मौद्रिक नीतिमा समेट्न माग गर्दै १६ बुँदे सुझाव दिएको हो । करिब ४६ लाख सदस्यलाई प्रत्यक्ष वित्तीय सेवा दिइरहेको लघुवित्त क्षेत्रलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा संघले जोड दिएको छ । लघु कर्जालाई लघुवित्त वित्तीय संस्थाबाट मात्रै प्रवाह गर्नेगरी व्यवस्था गर्न पनि माग गरिएको छ । त्यसैगरी छुट्टै लघुवित्त कर्जा कोषको स्थापना, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बीमा कम्पनीजस्ता निकायबाट थोक कर्जा लिन पाउने व्यवस्था लगायतको पनि संघले माग गरेको छ । लघुवित्त वित्तीय संस्थाको दुई खर्ब ५६ अर्बभन्दा बढी लगानी जोखिममा रहेको भन्दै संघले कोरोनाका कारण लगानी योग्य स्रोतको अभाव भइरहेका बेला सदस्यको समुन्नतिका लागि बचत वृद्धि गर्न, सर्वसाधारणबाट विविध बचत खातामार्फत रकम संकलनको व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
लघुवित्त
लघुवित्तलाई विशेष सम्बोधन गर्न -लघुवित्त संघद्धारा राष्ट्र बैंक समक्ष आग्रह
२०७७ जेष्ठ ३१ गते
