June 8th, 2020

महिला सहयात्राद्धारा लकडाउनमा राहत सहयोग वितरण

बैंकिङ खबर । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) को कारण जोखिम न्युनीकरण गर्न नेपाल सरकारले लागू गरेको देशब्यापी लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई संस्थाका विभिन्न शाखाहरु मार्फत जम्मा रु.५,५६,३६०/—बराबरको राहत सहयोग प्रदान गरेको छ ।
त्यस्तै, यस वित्तीय संस्थाले असार मसान्त सम्मका लागि कर्जामा ३ प्रतिशत छुट दिएको छ ।
वित्तीय संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहक मैत्री कर्जा नीति ल्याउँनुका साथै विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताउनु भएको छ ।   राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस वित्तीय संस्थाको ३४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३५,००० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]