सूर्योदय लघुवित्तद्धारा कोभिड १९ रोकथाम तथा उपचार कोषमा सहयोग

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्नो २३ जिल्ला कार्यक्षेत्र भित्रका विभिन्न स्थानीय निकाय तथा प्रदेशको कोषमा आर्थिक सहयोग गरेको छ ।
वित्तीय संस्थाले आफ्नो ६५ वटा शाखा कार्यालयहरु रहेका ५७ वटा स्थानीय निकायमा रु.७५०० देखि ५०००० सम्म र गण्डकी प्रदेश र प्रदेश ५ को कोभिड १९ रोकथाम तथा उपचार कोषमा सहयोग स्वरुप दुई /दुई लाख रुपैंया प्रदान गरेको हो ।
वित्तीय संस्थाले संस्थाका कर्मचारीहरुले तीन लाख दश हजार सहयोग र संस्थाको तर्फबाट सात लाख गरी जम्मा रु दश लाख सहयोग गरको हो ।