नेशनल माइक्रोफाइनान्सको सबै कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले संस्थामा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । राष्ट्रिय स्तर कार्य क्षेत्र रहेको संस्थाले बिश्वव्यापी महामारीको स्पमा फैलिरहेको कोरोना भाइरसको बिरुद्ध सुरक्षाको लागि संस्थामा कार्यरत सम्पुर्ण स्थाई, करार र प्रशिक्षार्थी कर्मचारीहरुको जनरल इन्सुरेन्सबाट १ लाख बराबरको कोभिड १९ बीमा गरेको छ । उक्त बीमाबाट संस्थाको कुनै पनि कर्मचारीको कोरोना भाइरसको पसिआर प्रविधीबाट परिक्षण गर्दा सक्रमण प्रमाणित भएको खण्डमा तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सक्नेछन् ।