May 31st, 2020

चौतारी लघुवित्तद्धारा कोरोना भाईरस रोकथाम नियन्त्रण तथा उपचारकोषमा सहयोग

बैंकिङ खबर । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाईरस रोकथाम नियन्त्रण तथा उपचारकोषमा सहयोगार्थ आज एक कार्यक्रम बिच प्रदेश सरकार प्रदेश न. ५ का माननिय मुख्यमन्त्री शंकर पोख्रेललाई संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले रु ४,५१,०००/- को चेक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै संस्थाका संचालक केशबराजपन्थीले यस अघिपनि ५४ स्थानिय तहलाई रु ४,३०,०००/- सहयोग गरेको जानकारी गराउदै संस्थाले बिभिन्न समाजिक क्षेत्रमा पनि कार्य गरिरहेको बताउनु भएको थियो । संस्थाका संचालक पुष्पराज ढकाल बिभागिय प्रमुख बिमल खनाल, ख्यामकान्त अर्याल, ज्ञानिश्वर पन्त र अमरनाथ सेढाईको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष जगत बहादुर पोख्रेलले यसरी सहयोग गर्न पाउनु समाजिक जिम्मेवारीको एक हिस्सा रहेको बताउनु भएको थियो । चेक बुझ्दै माननिय मुख्यमन्त्री शंकर पोख्रेलले यसरी राज्यलाई सहयोग गरि समाजिक जिम्मेवारी पुरा गरेकोमा संस्था तथा टिमलाई धन्यबाद दिनु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]