May 29th, 2020

मिर्मिरे लघुवित्तद्धारा लकडाउनमा खाद्यान्न वितरण

बैंकिङ खबर ।  मिर्मिरे लघुवित्तल लकडाउनमा कोरोनाबाट प्रभावित समुदाय तथा क्वारेनटीन व्यवस्थापनको लागि सहयोग गरेको छ । लघुवित्तका मार्फत विभिन्न सामाजिक र आर्थिक क्रियाकलापको माध्यमबाट ग्रामीण भेगका विपन्न वर्गको आर्थिक उत्थानमा सधै अगाडी वढदै गरेको मिर्मिरे लघुवित्तले हाल देखीएको कोरोनाको महामारीमा कोही पनि भौकै नपरुन भन्ने अभिप्रायले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ ।
त्यसै अनुरुप शाखा कार्यालय रुकुमकोट(रुकुमपूर्व)अन्तर्गत सिस्ने गाउँपालिकाको कोरोनाभाइरस (COVID-19) बाट प्रभावित समुदाय तथा क्वारेनटीन व्यवस्थापनमा सहयोगार्थ २०,००० बराबरको १३ बोरा चामल र १ बोरा दाल सिस्ने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधन रेग्मीलाई मिर्मिरे लघुवित्त शाखा कार्यालय रुकुमकोटका शाखा प्रबन्धक नारद भण्डारीले हस्तान्तरण गर्नुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]