May 29th, 2020

घरेलु लघुवित्तद्धारा आर्थिक सहयोग तथा खाद्यान्न सामाग्री वितरण

बैंकिङ खबर ।  घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु सुकदेवचौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरु क्रमश : राजेश राययादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियालाई, रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिलकुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.१०,०००/– का दरले ३ वटा स्थानीय निकायलाई जम्मा रु.३०,०००/–आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नुभएको छ ।

  यो रकमले कोरोना रोकथाम नियन्त्रण तथाकोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै संस्थाको शाखा कार्यालय महांकाल काठमाण्डौंका शाखा प्रबन्धक सविता अधिकारीले ४३ विपन्न सदस्यका घर परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिनुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]