May 28th, 2020

मेरोमाइक्रोफाइनान्सद्धारा खाद्यान्न सामाग्री खरिद तथा कोरोना रोकथामका लागि आर्थिक सहयोग

बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागी मदनदेउपुर नगरपालिका काभ्रेस्थित श्री राधाकृष्ण घनश्याम आधारभूत बिद्यालयलाइ आर्थिक सहयोग गरेको छ ।


बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्व अन्र्तगत ५० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले सो बिद्यालयमा अध्ययनरत ६६ जना बिद्यार्थीहरुको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ । फाइनान्सका पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गर्नुभएको हो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]