नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई ५ विषयमा सुधार गर्नका लागि निर्देशन दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै क्लियरिंग बैंक थप्ने, कारोबार प्रणाली सुधार गर्ने, राफसाफ प्रणालीमा सुधार गर्ने लगायतका निर्देशन दिएको हो । बोर्डले अहिले शेयर कारोबारका दौरान देखिने विभिन्न किसिमका समस्या समाधान गर्न पनि नेप्सेलाई निर्देशन दिएको छ । बोर्डले छिटोभन्दा छिटो क्लियरिंग बैंक थप्न, कारोबार प्रणाली सुधार गर्न, शेयर कारोबारको रकम भुक्तानी समयमै गराउन, डिल क्यान्सिल गर्ने प्रचलन बढेको सन्दर्भमा जोखिम न्युनिकरणका लागि सेटलमेण्ट ग्यारेण्टेड फण्ड, अक्सन मार्केटको व्यवस्था गर्न निर्देशन दिएको छ त्यसै गरि बोर्डले नेप्सेलाई शेयर दलाल कम्पनीहरुको काम कार्वाहीको सुपरिवेक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
साथै, बोर्डले नेप्सेले शेयर कारोबारको समयावधि १ घण्टा थप गरेको विषयलाई स्वागत गरेको छ । बोर्डले विज्ञप्ती जारी गर्दै शेयर बजारको आकार बढेको अवस्थामा नेप्सेले कारोबार अवधि थप्ने भनी गरेको निर्णयको स्वागत गरेको हो ।
हेर्नुस् बोर्डद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै :