बैंकिङ खबर । घरेलु लघुवित्तले आफ्नो संस्थामा आवद्ध कर्मचारीहरुको विश्वमा देखा परेको कोभिड १९ (कोरोना) रोगको बीमा गराएको छ । संस्थाले आफ्ना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी हात्तीसार, काठमाण्डौंबाट गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैया बराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ ।
यस वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्था हो । यस संस्था संचालनमा आएदेखि हाल सम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६,१५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पु-याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।