बैंकिङ खबर । नेपाल बैंकर्स संघले ऋणको ब्याज कसरी घटाउने भन्ने विषयलाई समेत समेटेर त्यसको उपाय सहितको सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न आर्थिक अबस्थामा ठुलो धक्का लाग्ने भएपछि वित्तीय क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बारे बैंकर्स संघले राष्ट्र बैंक समक्ष केही सुझावहरु अघि सारेको हो । मुलत व्याजर कायम गर्ने विषय, सीसीडी रेसियो घटाउने विषय र ऋणीहरुलाई कसरी सहुलीयत दिने भन्नेबारे बैंकर्स संघले सुझाव पेश गरेको नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयले जनाएको छ । हालको अबस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई स्थायीत्व दिने विषयमा पनि बैंकर्स संघले केही सुझावहरु दिएको छ ।
- संघले लकडाउन खुलेपछि असहज अबस्थानमा रहेका परियोजनाहरुलाई तीन महिनासम्मका लागि ब्याज पुँजीकरण गर्न र तत्पश्चात कायम हुने किस्ता रकम एक वर्षपछि तिर्न दिनुपर्ने तथा कोरोनाबाट अति प्रभावित भएकाहरुका लागि दुई वर्षपछि तिर्ने ब्यवस्था मिलाउन राष्ट्र बैंकलाई सुझाएको छ ।
- बैंकर्स संघले बैंकहरुलाई संचालन सहजीकरणका लागि आगामी असोज मसान्तसम्म उठेको रकम असार मसान्तसम्मको वासलातमा देखाउन पाइने सुविधा माग गरेको छ। हालको अबस्थामा बैंकले साउन १५ सम्म उठेको रकमलाई असार मसान्तसम्म राख्न पाउने व्यबस्था राष्ट्र बैंकले गरेको छ ।
- बैंकर्स संघले कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) घटाएर निक्षेपको ब्याज कम गर्न पनि माग गरेको छ ।
- संघले निर्माणाधिन अबस्थामा रहेका परियोजनाहरुको ऋण तिर्ने समय दुई वर्ष थप गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी यसबाहेकका अरु खालका ऋणहरुको पुनर्संरचना गर्ने जिम्मा बैंकलाईनै दिन पनि संघले माग गरेको छ ।