निर्धन उत्थान लघुवित्तले सम्पुर्ण कर्मचारीको कोरोना बीमा गर्‍यो


बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तिय सस्थामा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरिएको छ। प्रतिकुल समयमा समेत कार्यालयमा आइ काम गर्ने साथै बैङ्किङ क्षेत्र समेत उच्च जोखिममा हुन सक्ने भन्दै सस्थामा कार्यरत १,३६७ जना कर्मचारीको बीमा गराइएको हो ।

सिद्दार्थ इन्स्योरेन्समा प्रती कर्मचारी रु.१ लाख सम्मको बिमा गरिएको छ। यो बिमाको दाबी गर्न बिमितले कोरोना भाइरस (COVID -19)बाट बच्न उचित साबधानी अपनाउनु पर्नेछ। साथै बीमा दाबीको लागि PCR Test (polymerase Chain Rection) गरि सम्बन्धि चिकित्सकबाट कोरोना भाइरस (COVID -19)रोग लागेको पुष्टि भएमा आवश्यक कागजात पेश गरे पश्चात बिमाङ्क रकम दाबी भुक्तानी पाइने ब्यहोरा रहेको छ।

जोखिम अबस्थामा समेत सस्थामा कार्यरत कर्मचारीको स्वास्थ तर्फ ख्याल गर्दै कर्मचारी सस्थाका सम्पती हुदा उनिहरुको जिबनको उचतम ख्याल गर्ने ब्यबस्थापनको प्रमुख जिम्मेवारी रहेको संंस्थाका मुख्य ब्यबस्थापक नारायण बहादुर कार्कीले बताउनुभयो। यस्तै, आगामी दिनहरुमा पनि आइपर्ने समस्याहरुलाई यसैगरी सहज रुपमा ब्यबस्थापनले सम्बोधन गर्ने गरि अगाडि बढ्नु पर्ने र त्यसको लागि कर्मचारी युनियनले सधै साथ सहयोग गर्ने युनियनका केन्द्रीय सचिब बखत रावलले बताउनुभयो ।

हाल देशका ७७ ओटै जिल्लामा आफ्नो कार्यक्षेत्र भएको नेपालकै सबैभन्दा ठुलो लघुबित्त सस्थाले १८१ ओटा शाखाबाट आफ्नो कारोबार संचालन गरीरहेको छ ।