यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ वटा कम्पनीको १ करोड १ लाख ६७ हजार ९ सय ४० कित्ता शेयर २६ हजार ९४ पटक खरिदविक्रि हुँदा ६ अर्ब ४ करोड ६८ लाख ७४ हजार रुपैयाँकाृ पुँजी परिचालन भयो । कारोबार रकम गत साताको तुलनामा ०.७८ प्रतिशत बढी हो । गत सात १ सय ४७ वटा कम्पनीको ९९ लाख ६० हजार ४ सय ३० कित्ता शेयर २४ हजार ४ सय ३३ पटक खरिदविक्रि हुँदा कुल ६ अर्ब १ करोड २८ लाख ६ हजार रुपैयाँको पुँजी परिचालन भएको थियो ।
यस साता नेप्से परिसूचक ४.३८ अङ्कले घटेको छ । गत सातदेखि नै घट्दो क्रममा रहेको बजार यस साता पनि घटेको हो । यस साताको सोमबार २० अङ्कले घटेको नेप्से, मङ्गलबार र बुधबार पनि न्यून अङ्कले घटिरहेको थियो । आइतबार १ हजार ७ सय २२ दशमलव ५३ विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम व्यापार दिन विहीबार घटेर १ हजार ७ सय १८ दशमलव १५ विन्दुमा पुगेको छ । गत साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ४९ अङ्कले घटेर ३ सय ६९ दशमलव शून्य ७ अङ्कमा आईपुगेको छ । मौद्रिक नीतिमा उल्लेख भएअनुसार शेयर कर्जामा कडाई गर्ने भएपछि अहिलेको शेयर बजारमा गिरावट आएको विश्लेषकहरु बताउँछन् ।
यो साता विकास बैङ्क समूहको परिसूचक ३५ दशमलव ३७ अङ्कले घटेको छ भने वाणिज्य बैङ्क, उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक घटेको छ । कारोबार रकमको आधारमा एभरेष्ट बैङ्क अग्रस्थानमा रहेको छ । जसको साताभरमा २७ करोड ५४ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार सङ्ख्याको आधारमा अग्रस्थानमा रहेको जनता बैङ्कको १ हजार २ सय २२ वटा कारोबार भएको छ भने कारोबार भएको शेयर सङ्ख्याका आधारमा अग्रस्थानमा रहेको पनि सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किमको १२ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ ।