शालीग्राम लघुवित्तले ग-यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । म्याग्दी जिल्लाको सदरमूकाम वेनी वजारमा केन्द्रीय कार्यालय रहेको शालीग्राम ल३ूवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको रु. १ लाख बराबरको कोरोना बीमा गराएको छ । कोरोना भाईरस बाट हुन सक्ने सम्भावित जोखिमलाई म्ध्यनजर गर्दै तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई आगामि दिनमा काम गर्दा थप हौसला तथा उत्प्रेरणा होस् भन्ने उदेश्यले कोरोना बीमा गरिएको वित्तीय संस्थाका लेखा तथा वित्त विभाग प्रमुख कूशल पूरीले जानकारी दिनूभयो ।
शलिग्राम लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडका बिच कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरसको पिसिआर विधिवाट परिक्षण गर्दा पोजेटिभ नतिजा आएमा इन्स्योरेन्स कम्पनिले रु. १ लाख क्षतिपूर्ति वापत उपलव्ध गराउने छ ।
गण्डकि प्रदेश कार्यक्षेत्र रहने गरि नेपाल राष्ट्र बैंकबार्ट घ’ बर्गको इजाजत प्राप्त सो वित्तीय संस्थाले २०७६ भाद्रबाट कारोवर सुरु गरि हाल गण्डकि प्रदेशका ५ जिल्लामा ६ वटा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।