छिमेक लघुवित्तका कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । छिमेक लघुवित्तले आफ्नो संस्थामा आवद्ध कर्मचारीहरुको गत बैशाख महिनाको १९ गते देखि लागु हुने गरि १,१२० जना कर्मचारीहरुको रु.१,००,०००/- (अक्षरेपी एक लाख मात्र) बराबरका दरले कोरोना भाइरसको जोखिम बेहोर्ने गरि सिद्धार्थ इन्स्योरेन्सबाट बीमा गराएको जनाएको छ । सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुुर्ति वापत उपलब्ध गराउनेछ ।