घरेलु लघुवित्तद्धारा कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग

बैंकिङ खबर । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु धनुषा धाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरु क्रमश : ज्ञानेन्द्र कुमार यादवले धनुषा धाम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई कुन्दन प्रसाद कुशवाहले आदर्श कोतवाल गाउँपालिकाको प्रशासकिय अधिकृत मो.मुूस्तुफा अन्सारीलाई र शिवराज उपाध्यायले मध्यविन्दु नगरपालिकाको मेयर चन्द्र बहादुर रानालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोनाभाइरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा रुपैँया १०,०००/– को दरले आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नु भएको छ । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने संस्थाको विश्वास छ ।