May 20th, 2020

स्वस्तिक लघुवित्तले ग-यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आफ्नो सम्पुर्ण सबै तहमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लकडाउनका कारण देशको आर्थिक क्रियाकलापमा संकुचन आईरहेको परिस्थितीमा आर्थिक क्रियाकलापलाई चलायमान बनाउन तथा आफ्ना ग्राहक सदस्यहरुलाई र समाजमा प्रभावकारी वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेका कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट हुन सक्ने प्रभावलाई मध्यनजर गरी कोरोना भाईरसबाट हुने सक्ने संभावित जोखिमको रक्षावरणका लागी प्रति कर्मचारी रु. १ लाख बराबरको सामुहिक कोरोना बीमा गरिएको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले दिनुभयो ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका विच कोराना बीमाको सम्झौता भएको छ । सम्भौता अनुसार वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरसको पिसिआर परिक्षण गर्दा पिसिआर परिक्षण पोजेटिभ आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]