May 20th, 2020

नेरुडेको विपन्न वर्गलाई आर्थिक सहयोग तथा कर्मचारीको कोरोना बीमा

बैंकिङ खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभीड–१९) नियण्त्रणको लागी जारी लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन मोरङ्ग जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय तह (वडा कार्यालय) लाई राहत वितरणको लागी रु.१० हजारका दरले उपलब्ध गराउन शुरु गरेको छ । नेरुडेले २०७६ चैत्र २६ गते सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरीसकेको छ ।
त्यसै गरी संस्थाले कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कर्मचारीहरुको मनोवल उच्च राख्न ५३९ जना कर्मचारीहरुको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सँग कोरोना भाइरस (अयखष्म(ज्ञढ) महामारी विरुद्धको बीमा गरेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम असार मसान्त सम्म सम्पुर्ण कर्जाको व्याजदरमा ३ प्रतिशत बिन्दुले कम गरेको र कुनै किसीमको हर्जना समेत नलिने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]